रुपन्देहीमा राष्ट्रिय परिचय पत्र बनाउने टोलीको क्यामेरा चोरी
मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : ४८
रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । प्रहरीले जिल्लाको कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको बताएको छ ।
विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको हो । विद्यालयमा रहेका चौकीदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । २ वटा क्यामेरा हालको बजार मूल्य अनुसार १ लाख ३० हजार पर्ने बताइएको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले चोरि घटनामा बारे अनुसन्धान शुरु भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण