हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या नेपालमा बढ्दाे
हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा. अधिकारीको अनुभव छ। ‘अस्पतालमा दैनिकजसो युवा हृदयाघात भएर आइरहेका हुन्छन्, कतिपय २४/२५ वर्षका पनि छन्’, उनले भने।
सन् २०१८ मा केन्द्रमा भएको अध्ययनअनुसार हृदयाघात भएर भर्ना भएका मध्ये १२ प्रतिशत ४५ वर्ष उमेरमुनिका युवा थिए। तीमध्ये २ दशमलब २ प्रतिशत ३५ वर्षमुनिका थिए। सन् २०१५ मा हृदयाघात भएका २४ देखि ४५ वर्ष उमेरभित्रका युवाको संख्या १०.९ प्रतिशत थियो।
अध्ययनले हृदयाघातबाट पीडितमध्ये ५४ प्रतिशत धूमपानका अम्मली, ३६.६ प्रतिशत उच्च रक्तचापका रोगी, २५.३ प्रतिशत मधुमेहका रोगी, ७.८ प्रतिशत कार्डिसियल र डाइस्लिपिडेमिया भएका थिए। अध्ययनले हृदयाघात भएका मध्येमा ३९ प्रतिशत धूमपान गरिरहेका, ४३.६ प्रतिशत धूमपान नगरेका र १४.८ प्रतिशत पहिला धूमपान गरेर छाडेका देखाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण