देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
आइतबार, २८ असार २०८३, १६ : ०२
सारांश
- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
- मोरङ, धनुषा, तनहुँ, कास्की र बझाङमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।
- दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, धनुषा, तनहुँ, कास्की र बझाङमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।
मोरङमा बसको ठक्करबाट एक पैदलयात्री, धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जना, तनहुँ र कास्कीमा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्री तथा बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न केही सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण