
मुस्ताङमा राष्ट्रपति भण्डारी (तस्बिरहरु)

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् । शनिबार बिहान उनले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी हुन् । पुजाअर्चनाका क्रममा राष्ट्रपति भण्डारीबाट मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।
भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शन भ्रमणका लागि शनिबार काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ गएकी हुन् । राष्ट्रपति भण्डारी मुस्ताङ पुग्दा देखिएका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौ । तस्बिर : रासस
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ