दाङको बबईमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते
सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराले दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परि सल्यानको कालीमाटी गाउँपालिका वडा नं. ३ का गाडी धनि अन्दाजी ४० बर्षीय देबबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा थप ११ जना घाइते भएका छन् । त्यसमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक फरार रहेको र खोजी कार्य जारी रहेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्ले जानकारी दिए।
दाङको बबई गाउँपालिका वडा नं. ३ ठाडो खोलामा बिहान ९ बजेतिर जीप दुर्घटना भएको र आफुहरुलाई साढे ९ बजेतिर मात्रै खवर प्राप्त भएको घटनास्थलबाट प्रहरी सई महतराले बताए ।
आफुहरु पुगेर उद्धारमा जुटेको र ११ जना घाइतेलाई उपचारका लागि तुलसीपुर तर्फ पठाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण