श्रीमतीको हत्या गरी जङ्गलमा फालेको आरोपमा श्रीमान् पक्राउ
कपिलवस्तुमा श्रीमतीको हत्या गरेर जङ्गलमा फालेको आरोपमा श्रीमान पक्राउ परेका छन् । महाराजगंज नगरपालिका वडा नं. ११ स्थित बाबा बनगाई बस्ने ४५ बर्षको राम केवल लोनियालाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
लोनियाले श्रीमती चिन्का लोनियालाई परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका वडा नं.९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।
अवैध सम्बन्धको विषयमा उनीहरु बीच दैनिक झगडा समेत हुने गरेको थियो । श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपछि उनी भारततिर गएका थिए । मृतक चिन्का लोनियाको सामुदायिक जंगलमा कंगल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शीर्षकमा अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण