शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

घाइते भएपछि रोय विश्वकपबाट बाहिरिए

मङ्गलबार, २३ कात्तिक २०७८, १० : २४
मङ्गलबार, २३ कात्तिक २०७८

खुट्टामा चोट लागेपछि इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयले टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् । उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ ।

सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए । फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो । पछि ब्याटिङ गर्दा पाँचौँ ओभरमा सिंगल लिने क्रममा उनको खुट्टामा थप समस्या देखिएको थियो । उनको देब्रे खुट्टाको मासु च्यातिएको भनिएको छ । १५ बलमा २० रन बनाएपछि उनी रिटायर्ड हर्ट भएका थिए । उनले अर्का खेलाडी टम करानको सहायताले मैदान छाडेका थिए ।

आइतबार गरिएको थप परीक्षणमा मासु च्यातिएको पुष्टि भएपछि उनी नकआउट चरणका लागि समयमा नै निको नहुने स्पष्ट भएको थियो । घाइते हुन अघि न्युजिल्याण्डविरुद्धको खेलमा उनले ४४ बलमा ७८ बल बनाउँदै प्लेयर अफ द म्याच घोषित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप