आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कमलपोखरीमा छठ पूजा, तस्बिरमा हेरौं

बुधबार, २४ कात्तिक २०७८, २० : ४६
बुधबार, २४ कात्तिक २०७८

सर्वसाधारणले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ ।

भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ । बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पर्वको अवसरमा  कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप