आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पुनित राजकुमारका लागि शोक सन्देश दिँदा रजनीकान्त भए ट्रोल : भनियो, ‘तपाईंबाट यस्तो आशा थिएन’

बिहीबार, २५ कात्तिक २०७८, १४ : ४२
बिहीबार, २५ कात्तिक २०७८

टलिउडका सुपरस्टार रजनीकान्त दक्षिण उद्योगमा सबैभन्दा सम्मानित अभिनेतामध्ये एक हुन् । ट्वीट होस् वा डान्स स्टेप, उनले जे जति एक्सन गर्छन्, त्यसबाट उनका प्रशंसक अभिभूत हुने गर्छन् । तर यसपटक भिन्न भयो ।

रजनीकान्तले हालै आफ्नो समवेदना व्यक्त गरे र पुनित राजकुमारलाई ट्वीटरमा स्मरण गरे । तर प्रशंसकलाई रजनीकान्तको यो शैली खासै मन परेन ।

सुपरस्टार रजनीकान्तले हालै ट्वीटरमा कन्नड अभिनेता पुनित राजकुमारलाई श्रद्धाञ्जली दिनका लागि एउटा नोट लेखेका थिए । उक्त ट्वीटमा अभिनेताले आफ्नी छोरी सौन्दर्याको एपमाथि अपलोड गरिएको एउटा अडियो लिङ्क पनि सार्वजनिक गरेका थिए । उनले लेखे, ‘म तपाईंको निधनलाई स्वीकार गर्न सकिरहेको छैन, पुनित.... रेस्ट इन पीस माइ चाइल्ड ।’

रजनीकान्तद्वारा पोस्ट गरिएको यो ट्वीट उनका र दिवंगत पुनितका प्रशंसकलाई मन परेन । प्रशंसकलाई यस्तो लाग्यो कि रजनीकान्त दिवंगत अभिनेतालाई श्रद्धाञ्जली दिइरहेका थिएनन्, उनी त आफ्नी छोरीको एपको प्रचार गरिरहेका थिए । आफ्नी छोरीको एपको प्रोमोट गर्नका लागि पुनितको निधनको साहारा लिएकोमा रजनीकान्त र उनकी छोरीलाई निशानामा पारे ।

एक प्रयोगकर्ताले लेखे, ‘तपाईंजस्तो दिग्गजले एप प्रामोशनका लागि शोक सन्देशको सहारा लिनु हुँदैनथ्यो ।’

यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘जसले पनि यो आइडीको प्रयोग गरिरहेको छ, कृपया एपलाई यति खराब तरिकाले प्रचारित गर्न बन्द गर्नुहोस्... समवेदनाको माध्यमले एपलाई बढावा दिनु यी दिग्गज कलाकारलाई शोभा दिँदैन ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘यति चतुर्याइँ, पुनितको मृत्यु १० दिन अघि भएको थियो । तपाईं अब शोक शब्द दिइरहनुभएको छ । मलाई तपाईंको यस्तो व्यवहारमा लाज लाग्यो । छोरीहरुको नयाँ प्रोजेक्टबारे तपाईंले भाषण दिनुभयो । मलाई विश्वास छ कि तपाईंले भगवानबाट सबैभन्दा राम्रो पाठ पाउनुहुनेछ ।’

कन्नड अभिनेता पुनित राजकुमारको कुरा गर्नु पर्दा उनको २९ अक्टोबरमा कार्डियक अरेस्टका कारण निधन भएको छ । उनी ४६ वर्षका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप