पूर्वमिस नेपाल इशानीको तरुणप्रतापसँग इन्गेजमेन्ट
मङ्गलबार, ३० कात्तिक २०७८, ११ : ४५
पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । सोमबार सोल्टीमोडस्थित न्यू हायात होटलमा इशानी र तरुणप्रतापको इन्गेजमेन्ट भएको हो । दुवैतर्फको परिवारका सीमित सदस्यको उपस्थितिमा इशानी र तरुणको टीकाटालो (इन्गेजमेन्ट) भएको मिस नेपाल आयोजक संस्थाका प्रमोद कंसाकारले जानकारी दिए । समारोहमा दुबैले एक अर्काेलाई औँठी लगाइदिएका थिए ।
इशानी र तरुणप्रतापको विवाह समारोह भने आगामी पुस ६ गते आयोजना हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले यसै बर्ष ‘मिस वल्र्ड’मा पनि सहभागी भएकी थिइन् । नेपालमा पहिलो पटक मिस वर्ल्डबाट ब्युटी विथ पर्पसको विधा नेपाल भित्र्याउने उनी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण