सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

१५ वर्षीय वैभव सूर्यवंशीले रचे इतिहास, सचिनको कीर्तिमान तोडियो

सोमबार, ११ साउन २०८३, १४ : २६
सोमबार, ११ साउन २०८३

सारांश

  • भारतले जिम्बाब्वेलाई तेस्रो टी-२० खेलमा ३५ रनले पराजित गर्दै शृङ्खलामा ३-० को क्लिन स्विप गरेको छ।
  • यस शृङ्खलामा सर्वाधिक १५१ रन बनाएका १५ वर्षीय वैभव सूर्यवंशी 'प्लेयर अफ द सिरिज' चुनिए, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा यो अवार्ड जित्ने विश्वकै सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनाए।
  • सूर्यवंशीले सचिन तेन्दुलकरको कीर्तिमान तोड्दै १७ वर्ष ११२ दिनको उमेरमा यो उपलब्धि हासिल गरे र १६ वर्ष नपुग्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै पटक ५० भन्दा बढी रन बनाउने कीर्तिमान पनि बनाए।

हरारे । भारतले तेस्रो टी-२० खेलमा जिम्बाब्वेलाई ३५ रनले पराजित गर्दै शृङ्खलामा ३-० को क्लिन स्विप गरेको छ। 

यस शृङ्खलामा सर्वाधिक १५१ रन बनाएका वैभव सूर्यवंशी ’प्लेयर अफ द सिरिज’ चुनिए। यससँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा यो अवार्ड जित्ने विश्वकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्। 

१५ वर्ष १२१ दिनको उमेरमा यो कीर्तिमान आफ्नो नाममा लेखाउँदै उनले अफगानिस्तानका मुजीब उर रहमानको रेकर्ड तोडे। मुजीब १६ वर्ष ३२८ दिनको उमेरमा प्लेयर अफ द सिरिज बनेका थिए।

Vaibhav Sooryavanshi 2

हरारेमा भएको अन्तिम खेलमा ४९ बलमा ८१ रन बनाएका सूर्यवंशी प्लेयर अफ द म्याच पनि घोषित भए। यो अवार्ड जित्ने उनी सबैभन्दा कम उमेरका भारतीय खेलाडी हुन्। 

उनले सचिन तेन्दुलकरको कीर्तिमान तोडे। सचिनले १७ वर्ष ११२ दिनको उमेरमा इंग्ल्यान्डविरुद्ध यो उपलब्धि हासिल गरेका थिए। यद्यपि विश्वस्तरमा भने उनी सिएरा लियोनका एलुसिन तुरेपछि दोस्रो स्थानमा छन्। तुरेले १५ वर्ष ७४ दिनको उमेरमा यो अवार्ड जितेका थिए।

यसैगरी सूर्यवंशीले १६ वर्षको उमेर पुग्नुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै पटक ५० भन्दा बढी रन बनाउने कीर्तिमान पनि बनाए। उनले १५ वर्ष १२१ दिनको उमेरमा दोस्रो अर्धशतक प्रहार गरे। यसअघि नेपालका कुशल मल्लले १६ वर्षको उमेरअघि एक पटक ५० भन्दा माथिको स्कोर बनाएका थिए। 

सूर्यवंशी यस वर्ष टी-२० मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने भारतीय खेलाडीको सूचीमा तेस्रो स्थानमा पुगेका छन्। उनले यस वर्ष ८६ छक्का प्रहार गरिसकेका छन्। यस सूचीको पहिलो स्थानमा रहेका अभिषेक शर्माले सन् २०२५ मा १०८ छक्का प्रहार गरेका थिए। 

टी-२० मा कम्तीमा १०० छक्का प्रहार गर्ने खेलाडीमध्ये सूर्यवंशीको औसत सबैभन्दा उत्कृष्ट छ। उनले औसतन प्रत्येक ५.२१ बलमा छक्का प्रहार गर्छन् जबकि अन्य खेलाडीको यो दर ७ भन्दा माथि छ।

यता भारतीय ओपनर अभिषेक शर्माले भने यस शृङ्खलामा जम्मा ११ रन बनाएर तीन खेलको टी-२० शृङ्खलामा सबैभन्दा कम रन बनाउने भारतीय ओपनर बने। उनले सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध १९ रन बनाएका शिखर धवनको खराब कीर्तिमान तोडे। 

बलिङतर्फ मयंक यादवले इनिङ्सको पहिलो बलमै सबैभन्दा धेरै पटक विकेट लिने भारतीय खेलाडीको कीर्तिमान बराबरी गरे। उनले भुवनेश्वर कुमारसँगै ३-३ पटक यो उपलब्धि हासिल गरेका छन्।

जिम्बाब्वेका कप्तान सिकन्दर रजा टी-२० अन्तर्राष्ट्रियमा कप्तानका रूपमा सबैभन्दा धेरै पटक शून्यमा आउट हुने खेलाडीको सूचीमा सामेल भएका छन्। उनी सातौँ पटक शून्यमा आउट भए। यस सूचीमा अस्ट्रेलियाका पूर्व कप्तान एरोन फिन्च ८ पटक शून्यमा आउट हुँदै पहिलो स्थानमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप