रजनीकान्तले जब अन्तरवार्ता लिन आएकी युवतीलाई नै विवाहको प्रस्ताव राखे
मेघास्टार रजनीकान्तले दक्षिण भारतमा भगवानको दर्जा पाएका छन् । दक्षिण भारतमा त उनका थुप्रै मन्दिर पनि बनेका छन् र बलिउडमा पनि उनी निकै चर्चित छन् । तर धेरै कम मानिसहरुलाई थाहा छ कि रजनीकान्त फिल्ममा आउनुअघि एउटा बसका कन्डक्टर थिए । बसमा टिकट काटिरहेका उनको स्टाइलबाट प्रभावित भएर एक निर्देशकले उनलाई फिल्मको मौका दिएका थिए । रजनीकान्तबारे यस्ता थुप्रै किस्सा चर्चित छन् । आउनुहोस्, यस्तै एक किस्साबारे जानकारी लिऔं ।
१२ डिसेम्बर सन् १९५० मा बेंगलुरुमा जन्मिएका रजनीकान्तले सबैभन्दा पहिलो ब्रेक सन् १९७५ मा २५ वर्षको उमेरमा पाए । यो तमिल फिल्म ‘अपूर्व रागांगल’ थियो । यो फिल्ममा कमल हासन मुख्य भूमिकामा थिए । निर्देशक के बालचन्दरको यो फिल्ममा रजनीकान्तले १५ मिनेटको मात्रै भूमिका निभाएका थिए तर यो फिल्मपछि रजनीकान्तको जीवनमा एउटा ठूलो परिवर्तन आयो ।
बलिउडसहित साउथका थुप्रै हिट फिल्ममा काम गरिसकेका रजनीकान्तले २६ फेब्रुअरी सन् १९८१ मा लता रंगाचारीसँग विवाह गरेका थिए । रजनीकान्त र लताको लभ स्टोरी निकै रोचक छ ।
कुरा सन् १९८१ को हो जब रजनीकान्त फिल्म ‘थिल्लू मल्लू’ को सुटिङ गरिरहेका थिए । यो फिल्मको सुटिङका बेला रजनीकान्तलाई अन्तरवार्ताका लागि अनुरोध आयो । यो अनुरोध एउटा कलेज म्यागजिनको तर्फबाट आएको थियो । कलेजको तर्फबाट जुन महिलाले अन्तरवार्ता लिनुपर्ने थियो उनी अरु नभई लता रंगाचारी थिइन् ।
अन्तरवार्ता लिन पुगेकी लतालाई देख्ने बित्तिकै रजनीकान्त उनीप्रति फिदा भइहाले । अन्तरवार्ताका बेला यी दुई निकै सहज थिए । यसको विशेष कारण यी दुईको बेंगलुरुसँग सम्बन्ध थियो । अन्तरवार्ता समाप्त हुनै लाग्दा रजनीकान्तले लतालाई विवाहका लागि प्रस्ताव गरे ।
रजनीकान्तको प्रस्ताव सुनेर लता हैरान भएकी थिइन् । यद्यपि, लताले मुस्कुराउँदै यसका लागि आफूले आमाबुवालाई सोध्नुपर्ने भने बताएकी थिइन् ।
यता रजनीकान्त भने प्रस्ताव राखेपछि लताका आमा–बुवा विवाहका लागि राजी होलान् नहोलान् भन्ने सोचेर निकै चिन्तामा थिए । यद्यपि, दुबैका आमाबुवा यसका लागि राजी भए । त्यसपछि रजनीकान्त र लताले २६ फेब्रुअरी सन् १९८१ मा विवाह बन्धनमा बाँधिए ।
रजनीकान्त साउथका यस्ता सुपरस्टार हुन् जसको फिल्म उनको नामका कारण मात्रै पनि चल्छ र बक्स अफिसमा अत्यधिक कमाई पनि गर्छ तर कहिले काँही उनको फिल्म नचलेको खण्डमा वा फ्लप भएको खण्डमा कुनै हिच्किचाहट बिना तुरुन्त डिस्ट्रीब्यूटर्सको पैसा फिर्ता दिन्छन् ।
आजकाल रजनीकान्त अफ्नो नयाँ फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन् । यो फिल्म दक्षिण भारतका दर्शकलाई असाध्यै मन परिरहेको छ । यो फिल्म ८ दिनमा २०० करोड क्लबमा समावेश हुने पहिलो फिल्म बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण