जीतु नेपालले भने– यो पटकको जनगणना झन्झटिलो छ
प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको १२ औँ संस्करण गत २५ गतेबाट सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ देशभरका ७७ वटै जिल्लामा केन्द्रीय तथ्यांक विभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । विगतको तुलनामा यो वर्षको जनगणना झन्झटिलो रहेको सर्वसाधारणले बताउन थालेका छन् ।
हाँस्य कलाकार जीतु नेपालले पनि यो पटकको जनगणना झन्झिटिलो रहेको बताए । ‘यो पटकको जनगणना झन्झटिलो मात्र होइन, रमाइलो र अलि फरक शैलीको लाग्यो,’ जीतुले भने, ‘घरमा टिभी, फ्रिज, रेफ्रिजेरेटरदेखि पानी, बत्ती, ग्याससम्म सोधिने रहेछ ।’ गणनामा सोधिएका केही प्रश्न नभए पनि हुन्थ्योजस्तो आफूलाई लागेको उनले सुनाए ।
‘मेरो परिवार अहिले जम्मा ४ जनाको छ । त्यसैले धेरै समय लागेन । ठुलो परिवार हुनेका लागि भने यो धेरै झन्झटिलो रहेछ,’ उनले थपे, ‘यसपटक धेरै सूचना लिने रहेछन् ।’
कलाकार भएको हिसावले आफ्नो घरमा दुई गणक आएर तथ्यांक संकलन गरेको उनले बताए ।
जीतुका अनुसार उनको घरमा जनगणना संकलन गर्नेमध्ये एक जना तराईका रहेछन् । उनले छठको प्रसादसमेत जीतुलाई दिएका थिए ।
‘म भाग्यामानी रहेछु । गणकबाट मैले छठको प्रसादसमेत खान पाएँ,’ जीतुले अगाडि सुनाए, ‘उनले प्रसाद खुवाए, मैले चिया खुवाएर हँसाए ।’
यो पटकको जनगणना झन्झटिलो भए पनि झन्झट नमानी गणकलाई सहयोग गर्नसमेत जीतुले सर्वसाधारणलाई आग्रह गरे ।
केही समय अगाडि टेलिभिजन रियालटी शो ‘मुन्द्रे कमेडी क्लब’ बन्द गरेका जीतु अहिले नयाँ कार्यक्रम ल्याउने तरखरमा छन् । अहिलेसम्मकै फरक कमेडी कार्यक्रम अब आफूले बनाउने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण