आठ दिदी–बहिनी र ‘डिभोर्सी’ आमा, पिता बिना यसरी बित्यो कट्रिना कैफको बाल्यकाल
कट्रिना कैफको विवाहको विषयमा जताततै चर्चा छ । अभिनेता विक्की कौशलसँग कट्रिनाको विवाह हाल बलिउडको टक अफ द टाउन बनेको छ । यद्यपि, यी दुईले आफ्नो विवाहबारे कुनै आधिकारिक बयान दिएका छैनन् । विवाहको यो चर्चाका बीच कट्रिनाको परिवार र जीवनसँग सम्बन्धित केही पाटोबारे कुराकानी गरौं ।
आठ दिदी–बहिनीमध्ये चौथी हुन् कट्रिनाः
कट्रिना कैफ आफ्ना आठ दाजु–बहिनीमध्ये चौथी छोरी हुन् । कट्रिनाको जन्म १६ जुलाई सन् १९८३ मा हङकङमा भएको थियो । उनका पिता मोहम्मद कैफ एक कश्मिरी मूलका बेलायती व्यापारी हुन् र आमा सुजेन टर्कोट वकिल र च्यारिटी वर्कर हुन् । कट्रिनाका तीन दिदी स्टिफनी, क्रिस्टिन र नताशा, एक दाइ माइकल, तीन बहिनी मेलिसा, सोनिया र इसाबेल हुन् ।
कट्रिना सानै हुँदा उनका आमा–बुवाको सम्बन्धविच्छेद भएको थियो । उनकी आमा एकलैले आफ्नो सन्तानलाई हुर्काएकी थिइन् । कट्रिनाका अनुसार उनकी आमाले कहिल्यै उनीहरुलाई कुनै कुराको कमी महसुस गर्न दिइनन् । उनले एकपटक अन्तरवार्तामा भनेकी थिइन्, ‘मेरी आमाले आफनो जीवन मानिसहरुको भलाइका लागि सुम्पिएकी थिइन् । म लामो वर्षसम्म आफ्नो पिताको सम्पर्कमा थिइनँ ।’
घरमै भयो कट्रिनाको पढाईः
कट्रिनाको स्कूलिङ निकै रोचक रह्यो । उनको र उनका दिदी–दाजु बहिनी सबैको पढाई घरमा नै भएको थियो । यसका लागि उनकी आमाले थुप्रै ट्युटर राखेकी थिइन् । यस्तो यसकारण किनभने उनीहरु आफ्नी आमाको कामका लागि विभिन्न स्थानमा गइरहनु पर्दथ्यो । हङ्गकङमा जन्मिएपछि उनीहरु चीन गए, त्यसपछि जापान, पछि फ्रान्स, स्विटजरल्याण्ड र थुप्र्रै युरोपेली देश गए ।
यी देशमा बिते कट्रिनाको बाल्यकालः
कट्रिनाले पोल्याण्ड, बेल्जियम, हवाईमा केही समय बिताएकी छिन्, त्यसपछि उनी लण्डन गइन् । लण्डनमा तीन वर्ष बसेपछि उनी भारत फर्किइन् । भारतमा उनले कामको प्रस्ताव पाउन थालेपछि उनी भारतमै सरिन् । त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन ।
भारत आएपछि फेरिन् आफ्नो थरः
कट्रिनाले भारत आएपछि आफ्नो थर फेरिन् । उनले आफ्नी आमाको थरमा ‘कट्रिना टर्कोट’ राखेकी थिइन् । भारत आएपछि उनले आफ्ना पिताको थर कट्रिना कैफ राखिन् । बुवाको थर राख्नुमा मानिसहरुलाई टर्कोटको साटो कैफ भन्न सहज होस् भनेर परिवर्तन गरेको बताइन् ।
सन् २००३ मा बलिउड डेब्यू गरेपछि कट्रिना भारतमै बसिन् । उनी भारत गएको १८ वर्ष पुगिसकेको छ । उनले आफ्नो छुट्टै नाम स्थापित गर्न सफल भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण