यमनको राजधानीस्थित हुथी नियन्त्रित शिविरमा हवाई आक्रमण
शुक्रबार, ०३ मङ्सिर २०७८, १५ : ५५
साउदी नेतृत्वको गठबन्धनले बिहीबार बिहान यमनको राजधानी सानामा हुथी मिलिसियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ । हवाई आक्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको धाबान र अल–नहदयन शिविरमा आक्रमण गरेको टेलिभिजनले प्रसारण गरेको छ ।
साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीले गठबन्धनले साउदी अरेबियाको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा लक्षित बमले भरिएको ड्रोनलाई रोकेको केही घण्टापछि हवाई आक्रमण भएको हो ।
इरान समर्थित हुथी मिलिसियाले हालै सीमापार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र पारेको छ । फेब्रुअरीमा यमन विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेना विरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
हत्या गरी फरार सेनामा कार्यरत आले पक्राउ
-
सामूहिक बलात्कार गरी फरार प्रतिवादी पक्राउ
-
जसपा विभाजनपछि माओवादी महासचिव गुरुङको प्रतिक्रिया– सरकारलाई कुनै असर पर्दैन
-
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो
-
गण्डकीका सभामुखलाई कांग्रेसले देखायो संसद् बैठकमै कालोझण्डा