भाञ्जाको जन्मदिनमा अभिषेक बच्चनको पोस्ट, ‘मामाको जुत्ता–कपडा लिन बन्द गर’
बलिउड अभिनेता अभिषेक बच्चनका भाञ्जा अगस्त्य नन्दा आज आफ्नो जन्मदिन मनाइरहेका छन् । अगस्त्य २१ वर्ष पुगेका छन् । भाञ्जाको जन्मदिनको अवसरमा मामा अभिषेक बच्चनले अगस्त्यको वाल्यकालको फोटो सेयर गरेर उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।
अभिषेकको ठट्यौली पोस्टः
अभिषेकले अगस्त्यको फोटो सेयर गरेर एउटा नोट पनि लेखेका छन् । फोटोको क्याप्सनमा उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना अगस्त्य । तपाईं कत्ति राम्रो, दयालु, मायालु, जिम्मेवार, प्रोटेक्टिभ र केयर गर्ने खालको बन्नुभएको छ । अब तपाईं आधिकारिक रुपमा युवक बन्नुभएको छ । कृपया मामाको कपडा र जुत्ता लिन बन्न गर्नुहोस्, अब आफैं किन्नुहोस् ।’
श्वेता बच्चनले पुरानो फोटोसहित गरिन् छोरालाई विशः
श्वेता बच्चनले पनि आफ्ना छोराको जन्मदिनमा उनको बाल्यकालको फोटो सेयर गरेकी छिन् । फोटोमा श्वेता र अगस्त्य सेतो पहिरनमा देखिएका छन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘ह्याप्पी २१ छोरा’
फिल्ममा डेब्यू गर्नेछन् अगस्त्यः
स्मरण रहोस्, अगस्त्य अमिताभ बच्चनकी छोरी श्वेता बच्चनका छोरा हुन् । खबरका अनुसार अगस्त्य जोया अख्तरको आर्ची कमिक्स थीम मूभीबाट फिल्ममा डेब्यू गर्ने सम्भावना छ । यद्यपि, यसबारे हालसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण