रामेछापको युवक हत्याकाण्ड : १२ वर्षपछि बाबुछोरा पक्राउ
रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को विभत्स हत्या भयो । २०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप थियो । गाउँलेले हत्यामा संलग्न आरोपी चिनेका थिए तर, भन्न सकेका थिएनन् ।
प्रहरीले १२ वर्षपछि हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गरेको छ । हत्यामा संलग्न मध्येका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । खाँडादेवी गाउँपालिका–१ मा घर भएका ज्ञानबहादुर र जयराम बावुछोरा हुन् । शनिवार बिहान ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका हुन् ।
काभ्रेस्थित तेमाल गाउँपालिका–९ मेच्छेपौवाका निखिललाई ज्ञानबहादुरको समूहले बोलाएपछि २०६६ असोज ९ मा उनी त्यहाँ गएका थिए । गाउँमा पुगेपछि माथिबाट ढुंगामुढा गर्दै खुकुरी र तरबारले घाँटी तथा अनुहारमा हानेर विभत्स तरिकाले उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हत्या आरोपीहरु १२ वर्षदेखि राजनीतिक आवरणमा पक्राउ हुनबाट जोगिएका थिए । तत्कालीन संविधानसभा सदस्य डिल्लीमान तामाङका स्वकीय सचिव भएर काम गरेका ज्ञानबहादुर पछिल्लो समय गाउँमा जान छाडेर काठमाडौंमा लुकिछिपी बसिरहेका थिए । पुरानो रिसिविका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्या हुँदा ‘निखिल’ २९ वर्षका थिए ।
हत्यापछि पीडित पक्षका मानिसहरुले ज्ञानबहादुरको घरमा गएर आगो लगाइदिएका थिए । मृतकका बाबु पृथ्वीमान दोङले हत्यामा संलग्नहरूलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीमा धेरैको नाम उल्लेख गरिएको जानकारी दिँदै डिएसपी ढुंगानाले भने–‘आरोपीहरुको बयानका आधारमा थप अनुसन्धान र पुष्टि गर्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण