ओखलढुंगाका ६ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन
आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशन अघि जिल्ला तथा स्थानीय कमिटीको अधिवेशन सम्पन्न गर्नु पर्ने भएपछि नेकपा माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन धमाधम भइरहेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटामा अधिवेशन सकिएको छ । अधिवेशनले स्थानीय कमिटीको नयाँ नेतृत्व चयनका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको नेता हेमसागर पराजुलीले जानकारी दिए ।
जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ् चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएका छन् । अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको र दुई पालिकाको मंसिर तेस्रो साताभित्रै सम्पन्न भइसक्ने नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रुपेश शाक्यले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र पालिकाको प्रथम सम्मेलनबाट चिशंखुगढीमा नरेन्द्र बस्नेत, खिजीदेम्वामा चन्द्रमान तामाङ, मानेभञ्ज्याङमा टंक किराति, लिखुमा नवीन पौडेले अध्यक्ष चयन भएका छन् । त्यस्तै सुनकोसीमा छविरमण धमला, चम्पादेवीमा खड्गबहादुर कार्की अध्यक्ष बनेका छन् । पालिका अधिवेशनले भूगोलबाट दुई अनिवार्य हुने गरी सबै पालिकाबाट सदस्य संख्याका आधारमा प्रदेश प्रतिनिधि पनि चयन भएका छन् ।
सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । ती तहमा पनि मिति तय भइसकेकाले मंसिरको २० भित्रै सबै अधिवेशन सम्पन्न हुने नेताहरूले बताएका छन् । मंसिर २८ मा प्रदेश १ को अधिवेशन तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण