हत्या गरिदिन्छु भनेर धम्की दिनेविरुद्ध कंगनाले उजुरी दिइन् : भनिन्, ‘म डराउने खालकी होइन’
बलिउड नायिका कंगना रनौटलाई हत्या गरिदिने धम्की दिइएको छ । त्यसपछि नायिकाले प्रहरीलाई धम्की दिने भठिन्डाका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत् सेयर गरेकी हुन् । यो पोस्टमा कंगनाले एफआईआरको कपी पनि सेयर गरेकी छिन् । उनले योसँगै एउटा लामो नोट पनि सेयर गरेकी छिन् ।
कंगनाले लेखिन्, ‘मुम्बईमा भएको आतंककारी हमलाका शहीदलाई याद गर्दै मैले गद्दारलाई कहिल्यै माफी नगर्न र नबिर्सिन भनेको थिएँ । यस्तो प्रकारको हरेक घटनामा आन्तरिक गद्दारको सबैभन्दा ठूलो हात थियो । नभए पाकिस्तानी आतंकवादीले मुम्बईमाथि हमला नै गर्ने हिम्मत गर्नसक्थे ।’
उनले थपेकी छिन्, ‘मेरो यही पोस्टमा मलाई विघटनकारी शक्तिको तर्फबाट निरन्तर धम्की आइरहेको छ । बठिन्डाका एक भाइ साहबले त मलाई खुल्ला रुपमा मार्ने नै धम्की दिएका छन् ।’
‘म यस्तो खालको धम्कीबाट डराउने खालकी छैन । देशविरुद्ध षड्यन्त्र गर्ने र आतंककारी शक्तिविरुद्ध बोल्छु र सधैं बोलिरहन्छु,’ उनले थपिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण