र्यापर साकारले गरे वर्ल्ड टुरदेखि कन्सर्टसम्मको घोषणा
‘लिटिल बुद्ध’ का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि नयाँ एल्बमका साथ देखिएका छन् । उनले ‘ड्रागन वर्ल्ड’ एल्बम भर्खर सार्वजनिक गरेका हुन् । केही अगाडि उनले ‘इपी ड्रागर फायर’ नामक एल्बम ल्याएका थिए ।
एल्बम सार्वजनिक गर्दै गायकले वर्ल्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा र्‍यापर , गायक गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ । आगामी ४ डिसेम्बरमा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट समेत आयोजना गर्दैछन् । उनी तीन वर्षपछि फेरि कन्सर्टमा देखिन लागेका हुन् ।
‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानिज मनोरञ्जन उद्योग, युरोपियन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भने । साकारको वर्ल्ड टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण