काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द त्रिपाठीको उम्मेदवारी
बिहीबार, १६ मङ्सिर २०७८, ०७ : ३७
नेपाली काँग्रेसका युवा नेता आनन्द राज त्रिपाठीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेविसंघका पूर्व महामन्त्रीसमेत रहेका त्रिपाठीले काँग्रेसलाई सुदृढ बनाउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
‘मैले देशभरका पार्टीका साथीहरूसँग छलफल गरेको छु । पार्टीको आगामी बाटोबारे उहाँहरुको अपेक्षा बुझेको छु । काँग्रेसलाई नविन बाटोमा लैजान म सँग प्रष्ट भिजन छ ,” उनले भने, ‘कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु । त्यस्तै उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’ काँग्रेसभित्र शालीन नेताका रुपमा चिनिने त्रिपाठी कुशल संगठक मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण