अपडेट
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
आइतबार, २१ असार २०८३, १० : ५८
सारांश
- गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रूपमा खटाएको छ ।
- यसअघि गृह मन्त्रालयले ४२ उपसचिवको सरुवा गरेको थियो ।
- कार्यविधि मिचेर सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई सीडीओको जिम्मेवारी दिइएको हो ।
काठमाडौँ । गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका दुई जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रूपमा खटाएको छ । मन्त्रालयले शुक्रबार गृहसचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट ४२ उपसचिवको सरुवा गरेको थियो ।
सरुवाका क्रममा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा ‘प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ मिचेर सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई सीडीओको जिम्मेवारी दिइएको हो ।
कार्यविधिमा सहसचिव सीडीओ भएर खटिने ‘ग’ वर्गका जिल्लामा पर्ने जुम्ला र डडेलधुरामा उपसचिवलाई सीडीओ बनाएर खटाइएको हो । उपसचिव तेजप्रकाश प्रसाई जुम्ला र उपसचिव मिना अर्याललाई डडेलधुराको सीडीओ बनाएर सचिव श्रेष्ठले पठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण