कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु
शनिबार, १८ मङ्सिर २०७८, ११ : ०९
शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु भएको छ । श्री भवानीदल गण (शान्ति सेना) २७ औँ डफ्फालाई बदली गर्नको लागि श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी वसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप अदलीबदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण