कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु
शनिबार, १८ मङ्सिर २०७८, ११ : ०९

शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु भएको छ । श्री भवानीदल गण (शान्ति सेना) २७ औँ डफ्फालाई बदली गर्नको लागि श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी वसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप अदलीबदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान