शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशनमा देउवाले पदको दुरुपयोग गरेको अमरेश सिंहको आरोप

आइतबार, १९ मङ्सिर २०७८, १६ : ०७
आइतबार, १९ मङ्सिर २०७८

काँग्रेस नेता अमरेशकुमार सिंहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरूमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन् ।

सर्लाही– ४ का सांसद समेत रहेका सिंहले आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन गराउन माग पनि गरेका छन् । उनले सभापति देउवाले परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल गरी पार्टी र सरकारको पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

‘नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्रीज्यूले मेरो क्षेत्रमा मात्रै होइन मजस्तो अन्यायको विरुद्धमा बोल्ने सांसदहरुको क्षेत्र जस्तै सप्तरी क्षेत्र नम्बर ४ का देवप्रसाद तिमिल्सिना र रौतहटको क्षेत्र नम्बर ४ मा पनि प्रत्यक्ष रुपमा दवाव दिइ निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरुपयोग गरी विधि–विधान निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी, अलोकतान्त्रिक र विभेदकारी पद्धति अवलम्बन गरी अधिवेशन गराउन खोज्नु भएकोप्रति आपत्ति छ,’ सिंहले  विज्ञप्तिमा भनेका छन् । उनले सभापतिको जिम्मेदारी स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन सम्पन्न गराउने भएको स्मरण गराउँदै त्यो जिम्मेदारीको बोध गर्न अपिल पनि गरेका छन् ।

यस्तो छ सिंहले जारी गरेको विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप