‘उठ्न सकिन्छ’ मा निराजन र रुविनाको अभिनय
०७२ सालको महाभूकम्पमा परि देब्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ । पुष्पन प्रधानको स्वर र संगीत गीतमा रहेको छ ।
वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रहेको गीतको भिडियो सुरेन्द्र सिंह नेपालीले निर्देशन गरेका हुन् । निराजन प्रधान र रुबिना थापाले अभिनय गरेको भिडियो बाबु श्रेष्ठले खिचेका हुन्, भने रेनीश फागोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र भुपेन्द्र अधिकारीको सम्पादन छ । सम्झना सिंह नेपाली निर्माता रहेको भिडियोमा जस्तो परिस्थितिमा पनि हिम्मत नहारि जीउनुपर्छ भन्ने प्रेरणादायिक सन्देश प्रस्तुत गरिएको छ ।
यथार्थ घटनालाई प्रस्तुत गरिएको गीत तथा भिडियोले दर्शक–स्रोताबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको जानकारी निर्देशक नेपालीले दिए । उनले गीतको माध्यमबाट आममानिसमा बाँच्ने र समाजका लागि केही गर्ने सन्देश प्रस्तुत गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण