जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी
सिके राउत नेतृत्वको जनमत पार्टीको बस्न लागेको केन्द्रीय समितिका लागि एजेण्डा तय गर्न आज कार्यकारिणी समितिको बैठक बसिरहेको छ । जनकपुरमा चलिरहेको कार्यकारिणी समितिको बैठकमा भोलि बस्ने केन्द्रीय समितिमा छलफल हुने विषय तय गर्ने, तीन महिनासम्म चलेको आन्दोलन तथा विभिन्न नगर समिति बैठकको समेत समीक्षा गरिने सो पार्टीका महासचिव चन्दन सिंहले बताए ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले पश्चिम मधेसको तीन जिल्लाका विभिन्न पालिकाबाट माटो सङ्कलन गरेका छन् । माटो सङ्कलन अभियानको प्रभाव र उपलब्धिको विषयमा समेत छलफल सो बैठकमा हुने बताइएको छ । बाँकी रहेका १७ वटा जिल्लामा पनि मोटो सङ्कलन गर्ने कार्यक्रम रहेको छ । ती जिल्लामा कहिलेबाट सङ्कलनको काम सुरु गर्ने विषयमा पनि छलफल हुने उनले बताए । जनमत पार्टीको केन्द्रीय समितिको बैठक भोलि धनुषाको ढल्केबरमा बस्न लागको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण