मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबार हुने

शुक्रबार, ०२ पुस २०७८, २२ : २६
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबारदेखि सुरु हुने भएको छ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

प्रत्येक उम्मेदवारले मतगणनामा आफू वा आफ्नो एकजना प्रतिनिधि गणनामा उपस्थित गराउनुपर्ने निर्वाचन समितिले जनाएको छ । उक्त पार्टीमा  ३५ जना निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।

जसमा शशांक कोइराला, अर्जुन नरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, रामशरण महत, रमेश लेखक, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, एनपी साउदलगायतका हेभिवेट नेताहरु समेत प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप