शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सुदूरपश्चिममा नाउपालाई थप एक मन्त्रालय, एमाले र माओवादी तत्काल सरकारमा नजाने

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३४
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई थप एक मन्त्रालय दिन सत्ता साझेदार दल सहमत भएका छन् । मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको एकीकृत समाजवादीका सांसद प्रकाश रावलले जानकारी दिए ।

‘नाउपाबाट पहिला नै एक जना मन्त्री भइसक्नुभएको छ । थप मन्त्रालयसहित अर्को एकजनालाई पनि मन्त्री बनाउने सहमति भयो’, रावलको भनाइ छ । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् । नाउपाले थप कृषि मन्त्रलाय पाउने लगभग सहमति भएको छ । कृषि मन्त्रीका रुपमा टीका थापालाई आजै शपथ खुवाउने तयारी छ । 

त्यस्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल भएको रावलले जानकारी दिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

एमाले र माओवादी भने सुदुरमा तत्काल सरकारमा नजाने भएका छन् । उनीहरू मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै सरकारमा जानेबारे छलफल भएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप