सुदूरपश्चिममा नाउपालाई थप एक मन्त्रालय, एमाले र माओवादी तत्काल सरकारमा नजाने
काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई थप एक मन्त्रालय दिन सत्ता साझेदार दल सहमत भएका छन् । मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको एकीकृत समाजवादीका सांसद प्रकाश रावलले जानकारी दिए ।
‘नाउपाबाट पहिला नै एक जना मन्त्री भइसक्नुभएको छ । थप मन्त्रालयसहित अर्को एकजनालाई पनि मन्त्री बनाउने सहमति भयो’, रावलको भनाइ छ । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् । नाउपाले थप कृषि मन्त्रलाय पाउने लगभग सहमति भएको छ । कृषि मन्त्रीका रुपमा टीका थापालाई आजै शपथ खुवाउने तयारी छ ।
त्यस्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल भएको रावलले जानकारी दिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
एमाले र माओवादी भने सुदुरमा तत्काल सरकारमा नजाने भएका छन् । उनीहरू मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै सरकारमा जानेबारे छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण