शाहरुख खानकी छोरी सुहाना बनिन् लक्स फेस
नयाँ दिल्ली । बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान फिल्म इन्डस्ट्रीका चर्चित स्टार किड्स मध्ये एक हुन् । सुहाना प्रायः आफ्नो लुक्स र फेसनका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो पटक उनी जोया अख्तरको फिल्म ‘द आर्चिज’मा देखिएकी थिइन् ।
लक्स २०२४ को ब्रान्ड एम्बेसडर बनिन् सुहाना
सुहाना खानलाई लक्सको ब्रान्ड एम्बेसडर घोषित गरिएको छ । अप्रिल २९ मा उनी लक्सको ब्रान्ड एम्बेसडर बनेकी हुन् । यसअघि सुहानाका पिता शाहरुख खान पनि यो ब्राण्डसँग जोडिई सकेका छन् । यो सुहाना लागि ठुलो उपलब्धि हो । स्टार नबन्दै लक्स ब्राण्डसँग जोडिन पाउनु आफैमा ठुलो कुरा हो । सुहाना पनि निकै उत्साहित देखिएकी छिन् ।
शाहरुख खान सन् २००५ मा लक्सको एम्बेसेडर बनेका थिए । त्यतिबेला सम्म उनी बलिउडमा सुपरस्टार भइसकेका थिए । यति छिटै यो अवसर पाउने सुहाना बलिउडकी पहिलो स्टार किड र अभिनेत्री हुन् । ब्रान्ड एम्बेसेडर घोषणा कार्यक्रममा सुहाना पर्पल अफ शोल्डर ड्रेसमा देखिएकी थिइन् ।
उनको यो लुक सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस अघि बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका अनुहार मात्र लक्सको विज्ञापनमा देखिन्थे । हेमा मालिनीदेखि श्रीदेवी र माधुरी दीक्षितसम्म लक्सको ब्रान्ड एम्बेसडर भइसकेका छन् । लक्स ब्रान्डसँग आबद्ध हुनु हरेक स्टारका लागि ठुलो कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण