नवलपरासीका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने
परासी – नवलपरासीको महेसपुर लगायतका विभिन्न नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । असार १२ गते सोमबार साँझ ५ बजेदेखि १४ गते साँझ ७ बजेसम्म २ दिनका लागि सिमा बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।
जिल्लाको परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तहको निर्वाचनलाई व्यस्थित, मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न दुई दिन अर्थात ४८ घण्टाका लागि उक्त सिमानाका बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस क्रममा छिमेकी राष्ट्र भारतसंग जोडिएको परासीका महेसपुर, विषुनपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेण्ी नाका बन्द गरिने छ । स्थानिय तहको निर्वाचनको सन्दर्भमा, भोटिङ्गको दिनदेखि ७२ घण्टा अगावै नै बर्डर सिल गर्नुपर्ने नेपाली नियम रहेको हुँदा प्रशासनले २४ घण्टाको समय छुट दिएको छ ।
भारतमा रहेको नेपाली मतादाताहरुलाई जिल्ला प्रशासन कार्यालयले एक दिन छुट दिदै भोली सोमबार साँझ सम्ममा नेपाल प्रवेश गर्न आग्रह गरेको छ । नेपालको विभिन्न जिल्लाका भोटरहरु कामकाजको सिल्सिमा भारत रहेको हुँदा नेपाल फर्कन ढिलो भएका मतदाताहरुलाई प्रशासनले एकदिन छुट दिएको हो । प्रहरीले महेसपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी नाकामा सुरक्षा व्यवस्था कडा बनाउदै सख्त निगरानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण