माओवादीमा वरिष्ठ उपाध्यक्षको प्रस्ताव
नेकपा माओवादी केन्द्रले पदाधिकारी १५ सदस्यीय रहने प्रस्ताव गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो ।
जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकले १५ जना पदाधिकारी रहने प्रस्ताव गरेको र यो सबै टुंगो भने महाधिवेशनले नै लगाउने बताए ।
उनकाअनुसार बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव बैठकमा पेश भएको छ तर छलफल र बहस सबै महाधिवेशनमा नै हुनेछ । उनले सो डकुमेन्टको मुख्य–मुख्य विशेषता प्रचण्डले बैठकमा राखेको र महाधिवेशनमा प्रतिवेदन वितरण हुने बताए ।
उनका अनुसार राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।
‘आज हामीले गर्ने भनिएको राष्ट्रिय सम्मेलन अब आठौं राष्ट्रिय महाधिवेशन हुन्छ’, महराले केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुलाई भने, ‘अध्यक्षले डकुमेन्ट प्रस्तुत गर्नुभयो । त्यससम्बन्धी टिकाटिप्पणी छलफल महाधिवेशन मै गर्छौँ ।’
२१ औं शताब्दीको समाजवाद : हाम्रो बाटो शीर्षकमा प्रचण्डको राजनीतिक प्रतिवेदन तयार भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण