आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा सुरक्षा व्यवस्था कडा

आइतबार, ११ असार २०७४, १४ : ०८
आइतबार, ११ असार २०७४

परासी– जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्लामा राजपा, सिकेराउत र विप्लवको बाहुल्यताले चुनावी प्रक्रयिमा अवरोध हुने शंकामा जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको हो । 
जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका गरि कुल ७ तहको दोश्रो चरणमा निर्वाचन हुदैछ ।
सिमावर्ती गाउँपालिका पाल्हीनन्दन, प्रतापपुर, सुस्ता, सरावल अतिसंवेदनशिल र बर्दघाट, सुनवल नगरपालिका संवेदनशिल र रामग्राम नगरपालिकालाई सामान्य क्याटोगोरीमा छुट्टाइएको छ ।
जिल्लामा तोएिको कुल १ सय २० मतदान स्थलमध्ये ७० मतदानस्थल अति संवेदनशिल, २७ वटा संवेदनशिल र २३ मतदानस्थल समान्य अवस्थामा रहेको प्रशासनले जानकारी दिएको छ । जिल्लामा १ हजार २ सय नेपाल प्रहरी, ७ सय शसस्त्र प्रहरी, ४ सय ४० नेपाली सेना र १ हजार ८ सय ७० जना म्यादी पं्रहरी गरि कुल ४ हजार २ सय १० जना सुरक्षाकर्मी खटाएको स्थानीय प्रशासनले जनाएको छ । निर्वाचन गतिविधिलाई निगरानी गर्न ४ वटा नेपाली सेनाको बख्तरबन्द मोबाईल गाडी परिचालन गरिएको छ । चुनावको दिन कुनै प्रकारको अप्रिय घटना भएको खण्डमा त्यस दिनका लागि एम्बुलेन्स, दम्कल, र बुटवलमा नेपाली सेनाको हेलिकप्टर गस्ती टोली समेत त्यारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । 
प्रशासनका अनुसार प्रत्येक नगरापालिका तथा गाउपालिकामा २ वटा प्रहरीको मोबाईल टोली र एउटा गस्ती टोली समेत परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप