नवलपरासीमा सुरक्षा व्यवस्था कडा
परासी– जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्लामा राजपा, सिकेराउत र विप्लवको बाहुल्यताले चुनावी प्रक्रयिमा अवरोध हुने शंकामा जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको हो ।
जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका गरि कुल ७ तहको दोश्रो चरणमा निर्वाचन हुदैछ ।
सिमावर्ती गाउँपालिका पाल्हीनन्दन, प्रतापपुर, सुस्ता, सरावल अतिसंवेदनशिल र बर्दघाट, सुनवल नगरपालिका संवेदनशिल र रामग्राम नगरपालिकालाई सामान्य क्याटोगोरीमा छुट्टाइएको छ ।
जिल्लामा तोएिको कुल १ सय २० मतदान स्थलमध्ये ७० मतदानस्थल अति संवेदनशिल, २७ वटा संवेदनशिल र २३ मतदानस्थल समान्य अवस्थामा रहेको प्रशासनले जानकारी दिएको छ । जिल्लामा १ हजार २ सय नेपाल प्रहरी, ७ सय शसस्त्र प्रहरी, ४ सय ४० नेपाली सेना र १ हजार ८ सय ७० जना म्यादी पं्रहरी गरि कुल ४ हजार २ सय १० जना सुरक्षाकर्मी खटाएको स्थानीय प्रशासनले जनाएको छ । निर्वाचन गतिविधिलाई निगरानी गर्न ४ वटा नेपाली सेनाको बख्तरबन्द मोबाईल गाडी परिचालन गरिएको छ । चुनावको दिन कुनै प्रकारको अप्रिय घटना भएको खण्डमा त्यस दिनका लागि एम्बुलेन्स, दम्कल, र बुटवलमा नेपाली सेनाको हेलिकप्टर गस्ती टोली समेत त्यारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार प्रत्येक नगरापालिका तथा गाउपालिकामा २ वटा प्रहरीको मोबाईल टोली र एउटा गस्ती टोली समेत परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण