शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो

बुधबार, १४ पुस २०७८, १२ : ४४
बुधबार, १४ पुस २०७८

नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार झण्डै १७ सय प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय तोकिएको थियो । तर मंगलबारका लागि छुट्याएको समयमा केही समुहले छलफल नसकेपछि बुधबार दिउँसो १२ बजे सम्मलाई समय थप गरिएको थियो । 

महाधिवेशन प्रतिनिधिहरूलाई प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समुह बनाइएको थियो । उक्त समुहमा प्रतिवेदनमाथि राखेका सुझावलाई संकलन गरेर समुहका नेताले बन्द सत्रमा पेश गर्नेछन् । त्यसका लागि प्रत्येक टोली नेतालाई १५ मिनेटको समय तय भएको छ । बुधबार १ बजेदेखि समुहका नेताले आएका सुझावलाई समेटेर बन्दसत्र स्थल प्रज्ञा भवनको हलमा सुझाव पेश गर्नेछन् । 

उनीहरुको सुझावलाई समेत समेटेर अध्यक्ष प्रचण्डले पुन दस्तावेजलाई पूर्णता दिनेछन् । प्रचण्डको दस्तावेजसँगै नेता देव गुरुङले पेश गरेको विधान संशोधन समेत पारित गरेपछि नेकपा माओवादीले नयाँ केन्द्रीय समितिको नाम घोषणा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप