वैदेशिक व्यापारमा गिरावट, रेमिट्यान्स भने १९.८ प्रतिशतले बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर रु.१० खर्ब ८२ अर्ब ६२ करोड पुगेको जानकारी गराएको हो ।
यस्तै चालु आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार १८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वस्तु निर्यात ३.७ प्रतिशतले घटेको छ भने वस्तु आयात २.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता रु.१७९ अर्ब ४८ करोड र शोधनान्तर रु.३६५ अर्ब १६ करोडले बचतमा रहेको जनाइएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.६० अर्ब ४३ करोडले घाटामा र शोधनान्तर रु.१७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर बचत उल्लेख्य बढेका कारण विदेशी विनिमय सञ्चिति बढ्न गई चैत मसान्तमा रु.१९ खर्ब ११ अर्ब ८६ करोड (अमेरिकी डलर १४ अर्ब ३६ करोड) बराबर पुगेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण