अमेरिकाको रवैया दोहोरो र गैरजिम्मेवार छ: चीन

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा छन् । पुटिनको भ्रमणका क्रममा चीनले अमेरिकालाई निशाना बनाउँदै उसले गैरजिम्मेवार र दोहोरो रवैया अपनाएको आरोप लगाएको छ ।
यसअघि अमेरिकाले युक्रेनविरुद्धको लडाइँमा चीनले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको थियो । ‘जे भइरहेको छ त्यो आगो भड्काउने कोसिस हो । युक्रेन सङ्कट समाधान गर्ने एक मात्र उपाय राजनीतिक समाधान हो ।’ चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका छन् ।
अमेरिकाले पनि चीन दुवैतर्फ बस्न नसक्ने आरोप लगाएको थियो । ‘एकातिर चीनको युरोपसँग सम्बन्ध छ । अर्कोतर्फ युरोपको सुरक्षामा सबैभन्दा ठुलो खतरा रुसले सहयोग गरिरहेको छ ।’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भनेका छन् ।
रुसको राष्ट्रपतिको रूपमा पाँचौँ पटक शपथ लिएपछि पुटिनले पहिलो विदेश भ्रमणमा चीनको भ्रमण गरेका हुन् । पछिल्ला केही दिनदेखि पुटिनले पश्चिमा देशहरू अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)