अमेरिकाको रवैया दोहोरो र गैरजिम्मेवार छ: चीन
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा छन् । पुटिनको भ्रमणका क्रममा चीनले अमेरिकालाई निशाना बनाउँदै उसले गैरजिम्मेवार र दोहोरो रवैया अपनाएको आरोप लगाएको छ ।
यसअघि अमेरिकाले युक्रेनविरुद्धको लडाइँमा चीनले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको थियो । ‘जे भइरहेको छ त्यो आगो भड्काउने कोसिस हो । युक्रेन सङ्कट समाधान गर्ने एक मात्र उपाय राजनीतिक समाधान हो ।’ चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका छन् ।
अमेरिकाले पनि चीन दुवैतर्फ बस्न नसक्ने आरोप लगाएको थियो । ‘एकातिर चीनको युरोपसँग सम्बन्ध छ । अर्कोतर्फ युरोपको सुरक्षामा सबैभन्दा ठुलो खतरा रुसले सहयोग गरिरहेको छ ।’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भनेका छन् ।
रुसको राष्ट्रपतिको रूपमा पाँचौँ पटक शपथ लिएपछि पुटिनले पहिलो विदेश भ्रमणमा चीनको भ्रमण गरेका हुन् । पछिल्ला केही दिनदेखि पुटिनले पश्चिमा देशहरू अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण