महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माग
नेकपा माओवादी केन्द्रको महाधिवेशन हलबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने आवाज बन्दसत्रमा उठेको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिहरुबीचको छलफलबाट यस्तो निष्कर्ष आएको बताए ।
‘हालै सम्पन्न जबस संगठनहरुमा नेतृत्व र पदाधिकारी बिहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन’, उनले भने, ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’
पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला बन्दसत्रमा यस्तो आवाज उठेको हो । उनले कार्यसम्पादनअनुसार नेताहरुको जिम्मेवारी निर्धारण हुनपर्ने पनि जोड दिए । युवा नेतृत्वलाई अवसर सिर्जना पार्टीमा हुनुपर्ने, शीर्ष नेताले निश्चित समयमा जिम्मेवारीबाट बिदा प्रणालीको विकास हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि पार्टीबाट पहल हुनुपर्ने जस्ता सुझाव पनि शर्माले बन्दसत्रमा राखे ।
उनले प्रचण्ड पथलाई विचारधाराको रुपमा अघि बढाइनुपर्ने भन्दै प्रचण्डपथलाई ब्युँताइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभाष हुने धारणा राखे । उनले पार्टीमा जिम्मेवारी लिने दिने र सरकारमा सहभागिता तथा सञ्चालनको सन्दर्भमा पनि ठोस नीति आवश्यक रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन