शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ’

बिहीबार, १५ पुस २०७८, १५ : ०३
बिहीबार, १५ पुस २०७८

 नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिएका छन् । विधान संशोधन प्रस्तावमाथि भएको छलफलपछि गण्डकी प्रदेशका तर्फबाट देवेन्द्र पराजुलीले बिहीबार समुहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा सो कुरा बताएका हुन् । ‘केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन’, सुझाव पेश गर्दै उनको भनाइ छ । 

त्यस्तै उनले २९९ सदस्यीय केन्द्रीय समिति निर्माणको औचित्य र आवस्यकता समेत प्रस्ट्याउनुपर्ने सुझाव आफ्नो समुहका सदस्यहरुले राखेको बताए । ‘२९९ सदस्यीय केन्द्रीय समितिबारे प्रस्ट्याउनु जरुरी छ । किनकी तदर्थवादी मानसिकताबाट हाम्रो पार्टी चल्नु हुदैन’, उनले पार्टीको सल्लाहकार कमिटी विज्ञ समूहबाट छानिनुपर्ने सुझाव आएको बताए  । साथै विशिष्ट अवस्थामा बाहेक एक कार्यकालभन्दा बाहेक पदाधिकारी हुन नहुने र उमेर हद विधानमै तोकिनुपर्ने बताए । 
उनले पुर्ण समानुपातिकका जानुपर्ने र पदाधिकारीहरूको काम कर्तव्य र अधिकार विधानमै लेखिनुपर्ने सुझाव आएको बताए ।

यसअघि समाचारमा पराजुली हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । यस्तै फोटो पनि सच्याइएको छ - सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप