एमाले बैतडीको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता
आइतबार, २५ पुस २०७८, ०९ : ५६
नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको छ ।
पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।
यसैगरी चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा, सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।
सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।
आजै बिहान ११ बजेबाट मतदान हुनेछ भने जिल्लाभरीबाट ५ सय ३५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण