भारतीय प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक, लकडाउनबारे छलफल हुने
आइतबार, २५ पुस २०७८, १३ : १९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यममा उल्लेख छ । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् ।
आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ । तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरुका विषयमा छलफल हुने बताइएको छ । संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ । यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समिक्षा गरेका थिए । दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिएका थिए । उनले औषधि, अक्सिजनको अवस्थाबारे पनि जानकारी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता
-
लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि...
-
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र