लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड
बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।
उनले लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पारे । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए ।
चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि दिलाएका प्रशिक्षक थोमस टुकलले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । चेल्सीकै एडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर बने । डेनमार्कको राष्ट्रिय टोलीले बेस्ट फिफा फेयर प्ले अवार्ड पायो भने इमा हेयस वर्षको उत्कृष्ट महिला प्रशिक्षक चुनिइन् ।
उता रोनाल्डोलाई सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भएको अवसरमा विशेष अवार्ड दिइएको थियो । एरिक लामेलाले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण