चेकोस्लाभाकियामा खोप बिरोधी अभियानमा सरिक हुने गायिकाको कोरोनाबाट मृत्यु
चेक गणतन्त्रकी एक लोक गायिका हाना होरकाको कोरोना भायरसको संक्रमण मृत्यु भएको छ । उनको छोराले यसबारे जानकारी दिएका हुन् । हानाले साउना र थिएटर हलमा प्रवेश पाउनका लागि आफूलाई जानीजानी कोरोनाद्वारा संक्रमित बनाएको उनको परिवारले बताएको छ ।
इयूका सदस्य राज्यमा खोप कार्ड वा हालै संक्रमित भएको प्रमाण देखाएपछि मात्रै सार्वजनिक स्थलमा प्रवेश पाउने भएपछि उनले खोप लगाउनुको साटो आफूलाई संक्रमित बनाउनु नै मुनासिव ठानिन् ।
असोनेन्स ब्यान्डकी भोकलिस्ट हाना होरकाको आइतबार ५७ वर्षको उमेरमा निधन भएको उनका छोरा जान रेकले जानकारी दिए ।
क्रिसमस अघि उनका छोरा र श्रीमान् कोभिडद्वारा संक्रमित भएका बेला उनले आफूलाई जानीजानी संक्रमित बनाएको उनका छोरा रेकले रेडियो कार्यक्रमसँग भने ।
‘उनले भ्याक्सिन लगाउनुको साटो हामीसँगै साधारण तरिकाले बस्ने निर्णय गरिन्,’ उनले सोमबार भने ।
उनको मृत्यु हुनु दुई दिनअघि उनले सोसल मिडियामा भनेकी थिइन्, ‘म बाँचे... यो साह्रै गाह्रो थियो ।’
‘त्यसैले अब थिएटर, साउना, कन्सर्ट.... र समुद्रको यात्रा हुनेछ,’ उनले थपेकी थिइन् ।
रेकका अनुसार उनकी आमाको निधन स्थानीय रुपमा चलिरहेको खोप विरुद्धको अभियानका कारण भएको हो । यो अभियानका नेताहरुले उनकी आमालाई खोप लगाउन हुँदैन भनेर विश्वस्त पारेका कारण आफूहरुले यस्तो परिणाम भोग्नुपरेको उनले बताए ।
‘उनलाई प्रभावित पार्ने ती निश्चित व्यक्तिबारे पनि मलाई थाहा छ । तर उनले परिवारका सदस्यलाई भन्दा अपरिचितलाई विश्वास गरेकोमा भने दुःख लाग्छ,’ रेकले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण