सांगीतिक कार्यक्रमसहित तारादेवीको सम्झना
स्वर किन्नरी गायिका तारादेवीको १६ औं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा ‘सम्झनामा तारा देवी’ नामक एक सांगीतिक कार्यक्रम आयोजना गरियो । तारादेवी स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा करिब आधा दर्जन गायक गायिकाले उनका लोकप्रिय गीत गाएका थिए ।
अष्टनारायण पिक्चर सिनेमा हल बालाजुमा भौतिक दुरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजीको संगीत रहेको ‘फूलको थुँगा...’ गीत प्रस्तुत गरेकी थिइन् । उक्त गीतमा स्वर किन्नरी तारादेवीको बायोपिक बनाएर आस्था कला केन्द्र कलाकारले प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा गायिका प्राश्ना शाक्यले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘उकाली ओरालीहरूमा’, गायिका जीना रसाईलीले ‘आमा भएर बाची हेर’ गाएर सांगीतिक माहोल तताएका थिए ।
कार्यक्रममा गायक समेत रहेका सांसद रामवीर मानन्धरले गायिका गीता पाण्डेसँग ‘मुस्कानका लहरहरु’, गायिका प्राश्ना शाक्यसँग ‘तिम्रो नाम अझै छ ओठमा’ युगल गीत प्रस्तुत गरेर कार्यक्रमस्थल तारादेवीमय बनाएका थिए ।
कार्यक्रममा गायिका सरस्वती मानन्धर, लजना मानन्धर, रेकिषा केसी, पुष्पा नेपाली साथै गायक सुरेश मानन्धर, धर्मरत्न मानन्धर, किशोर बिश्वकर्मा लगायतको समेत प्रस्तुतिले दर्शक रमाएका थिए । काठमाडाैं महानगरपालिकाको नगरप्रमुख विद्यासुन्दर शाक्य समेत सहभागी कार्यक्रममा गीत संगीतका कार्यक्रममा सधै महानगरपालिकाले सहयोग र सहकार्य गर्ने बताए ।
फाउण्डेशनका अध्यक्ष दीपक केसीले काठमाडौँ महानगरपालिकसँग मिलेर आगामी वर्ष फाउण्डेसनलाई घर बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण