शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बालाजु बाइपासमा हटाइएका ३९ घरपरिवारलाई पुनःस्थापना गराउन माग

आइतबार, १६ माघ २०७८, ११ : १४
आइतबार, १६ माघ २०७८

बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी  हटाइएको घटनाप्रति बिरोध भएको छ ।

उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी  कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ । अदालतले सो स्थानमा प्रवेश नगर्नु, नगराउनु भन्ने आदेश दिएपनि अहिले शौचालय, ट्याक्सी पार्क र सूचना केन्द्र बनाउने काम भइरहेकोमा समितिले आपत्ति जनाएको हो । 

अदालतको आदेश विपरीत संरचना बनाउने नाममा सो स्थानमा डोजर चलाइएको छ । समितिले पीडितलाई सोही स्थानमा पुनर्वास नगराए आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप