मधेसवादी पार्टी विदेशीले बनाइदिए : प्रचण्ड (भिडियोसहित)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको आरोप लगाएका छन् । बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठुल–ठुला हत्याकाण्डहरू मच्चाइएको बताए ।
उनले रुपन्देही र कपिलवस्तुमा त्यस्ता हत्याकाण्ड मच्चाइएको भन्दै तिनै हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको बताए । ‘मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै थियो । त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पनि मधेस माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो’, प्रचण्डले भने, ‘त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए । अर्कैको डिजाइनमा बनेकाहरू मधेसका मसिहा भनिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण