एमसीसी बहुमतले पास हुन्छ : काँग्रेस प्रवक्ता
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।
‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ । उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निश्कर्ष रहेको जानकारी दिए ।
‘त्यसका लागि काँग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौ भन्नुभएको छ’, महतले सञ्चारकर्मीमाझ भने ।
साथै बिहीबारको बैठकमा स्थानीय निर्वाचनमा काँग्रेसलाई सशक्त बनाउने भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएकाले कहिले निर्वाचन गर्ने भन्नेबारेमा छलफल भएको छ । बिहीबारको बैठकमा सात आठ जनाले एमसीसीबारे धारणा राखेका थिए । बैठक शुक्रबार पनि बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
