एमसीसी बहुमतले पास हुन्छ : काँग्रेस प्रवक्ता
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।
‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ । उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निश्कर्ष रहेको जानकारी दिए ।
‘त्यसका लागि काँग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौ भन्नुभएको छ’, महतले सञ्चारकर्मीमाझ भने ।
साथै बिहीबारको बैठकमा स्थानीय निर्वाचनमा काँग्रेसलाई सशक्त बनाउने भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएकाले कहिले निर्वाचन गर्ने भन्नेबारेमा छलफल भएको छ । बिहीबारको बैठकमा सात आठ जनाले एमसीसीबारे धारणा राखेका थिए । बैठक शुक्रबार पनि बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
-
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला
-
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
-
जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
-
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
-
होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ