शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रकार सम्मेलन

एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना

शुक्रबार, ०८ साउन २०८३, १४ : ४५
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • काठमाडौँ जिल्लामा १ वर्षमा २३ सय २५ वटा साइबर ठगीका घटना भएका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर साइबर ठगीका घटनामा रेस्पोन्स गरेर अनुसन्धान गरिएको जानकारी दिएको छ।
  • २०८२ साउन पछि २०८३ असार मसान्त सम्ममा विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार ठगी भएको अनुसन्धानले देखाएको छ।

काठमाडौँ। काठमाडौँ जिल्लामा १ वर्षमा २३ सय २५ वटा साइबर ठगीका घटना भएका छन्। साइबर ठगीका घटनामा रेस्पोन्स गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले भने, ‘साइबर अपराध सबैभन्दा ठुलो जोखिमको क्षेत्र भएको छ।’ 

२०८२ साउन पछि २०८३ असार मसान्त सम्ममा विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार ठगी भएको अनुसन्धानले देखाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप