शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ

बिहीबार, ०७ साउन २०८३, २१ : ५२
बिहीबार, ०७ साउन २०८३

काठमाडौँ । महोत्तरीमा ३ वर्षीय बालकको हत्यामा संलग्न आरोपमा प्रहरीले १५ वर्षीया बालिका (बालबिज्याँइकर्ता)लाई पक्राउ गरेको छ । सो घटना जेठ २२ मा महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा भएको हो ।

जेठ २२ मा ३ वर्षिय मनिकेश कुमार यादव घर बाहिर खेल्न गएका थिए । खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव जेठ २४ मा पानी पोखरीमा बोरामा हालेको अवस्थामा भेटिएको थियो । मृतकले हातमा लगाएको दुई वटा चाँदीको बाला पनि थिएन। अनुसन्धान गर्दै जाँदा साउन ५ मा सोही ठाउँमा बस्ने १५ वर्षीया बालबिज्याँईकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले बताए ।

मनिकेश दौडिँदै गरेको अवस्थामा बालिका साइकल पछाडि ३० केजी मल राखेर खेततर्फ जाँदै थिइन्। मुख्य सडकबाट भोला बाला मन्दिरतर्फ प्रवेश गर्न खोज्दा मनिकेश साइकल अगाडी आइपुगेको र ब्रेक नभएको साइकलले उनलाई किचेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पछाडि मल राखेको हुनाले बालिकाले साइकल नियन्त्रण गर्न सकिनन्।

बालकको छाती माथिबाट साइकलको दुवै चक्का चढेको र त्यसपछि बालकको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको छ। बालकले श्वास नलिएको यकिन भएपछि बालिकाले घटना लुकाउन शवलाई बोरामा राखेर ३ सय मिटर पर लगेर पोखरीमा फालेको अनुसन्धानले देखाएको छ । बालबिज्याँईकर्तालाई पक्राउ गरेर अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी गोलेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप