भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
सारांश
- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न बैठक बोलाएको छ।
- शुक्रबार अपराह्न ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकले भेलाको तयारी, एजेण्डा, प्रतिनिधि संख्या र छनोटका आधारबारे निर्णय गर्नेछ।
- बैठकमा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखक लगायतका शीर्ष नेता सहभागी हुनेछन्।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले बैठक बोलाएको छ। शुक्रबार अपराह्न ४ बजे समूहको सम्पर्क कार्यालय चुनदेवीमा बैठक बस्न लागेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न भन्दै साउन २९ गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। उक्त भेलाको तयारी गर्न समूहका शीर्ष तहका नेताहरूको बैठक बस्न लागेको नेता विश्वकर्माले बताए ।
भेलाको तयारी कसरी गर्ने ? के–के एजेण्डा पेस गर्ने ? प्रतिनिधि कति बनाउने र छनोटका आधार के बनाउने ? भन्ने निर्क्योल बैठकले गर्ने उनकाे भनाइ छ।
बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीत्रय डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेताहरू डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा रमेश लेखक लगायत सहभागी हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण