१ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीको प्रस्ताव
बिहीबार, २७ माघ २०७८, २० : २८
स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले बिहिबार केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेपछि भर्ना प्रक्रिया शुरु हुन्छ ।
२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो चुनावमा ०.२ प्रतिशत अर्थात ७ सयजना पूर्व सुरक्षाकर्मी म्यादी प्रहरीमा भर्ना भएका थिए ।
म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादीसहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण