१ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीको प्रस्ताव
बिहीबार, २७ माघ २०७८, २० : २८

स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले बिहिबार केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेपछि भर्ना प्रक्रिया शुरु हुन्छ ।
२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो चुनावमा ०.२ प्रतिशत अर्थात ७ सयजना पूर्व सुरक्षाकर्मी म्यादी प्रहरीमा भर्ना भएका थिए ।
म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादीसहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
-
एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न– सङ्घीय निर्वाचन क्षेत्रमा २१ करोड रूपैयाँका योजनाको चर्चा के हो ?
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
-
एक वर्षपछि शान्ति श्री र खेमबिच सहकार्य