स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ७ लभ्ली डाँडास्थित मिर्दि-चापाकोट सडक खण्डमा गुडिरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा एए ७९०५ नम्बरको डबल क्याप बलेरो जिप सडक छेउमा पल्टिँदा वालिङ नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको हो ।
जिपमा जम्मा २२ जना सवार थिए । दुर्घटनाका घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार गरेपछि थप उपचारका लागि १७ जनालाई पोखरा र २ जनालाई बुटवल रिफर गरिएको छ । एक जना बालकको भने वालिङकै प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्रहरीले जिप चालक वालिङ ७ का २८ वर्षीय मीनबहादुर सारूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
पोखरा रिफर गरिएका घाइतेहरूमध्ये स्याङ्जा वालिङ ७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देही गैडाहवा ४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी पूर्व कावासोती ५ की ४१ वर्षीया मायादेवी सुनारीको टाउको, अनुहार र छातीमा चोट लागेको असून उनीहरूको अवस्था गम्भीर छ ।
यस्तै पोखरा रिफर गरिएका अन्य घाइतेहरूमा कावासोती ५ की १२ वर्षीया कर्मिसा सुनारी, वालिङ ७ की ४५ वर्षीया जैकला सारू, पोखरा ९ की २० वर्षीया रुक्सना थापा, रुपन्देही देवदह ५ की ४६ वर्षीया कमला थापा र स्याङ्जा बिरुवा ६ का ३९ वर्षीय टोपबहादुर थापा छन् ।
वालिङ ७ की ४९ वर्षीया गौमाया सारू, सोही ठाउँका ५९ वर्षीय बेलबहादुर आले, ३० वर्षीय कुमार सारु र ३८ वर्षीया ज्ञानुमाया सारू पनि पोखरामा उपचाररत छन् ।
यसैगरी नवलपरासी पूर्व गैँडाकोट २ की २६ वर्षीया आस्मा तामाङ सारु, उनकी २० महिनाकी छोरी प्रिन्सा सारु, रुपन्देही गैडाहवा ४ की ४० वर्षीया साबित्रा मगर, सोही ठाउँकी ५१ वर्षीया धनकुमारी उचाई र रुपन्देही देवदह ६ की ५१ वर्षीया नन्दकुमारी रानाको अवस्था मध्यम रहेको र उनीहरूको पोखरामा उपचार भइरहेको छ ।
यता बुटवल रिफर गरिएका घाइतेहरूमा रुपन्देही तिलोत्तमा ७ भलभाडीका ७३ वर्षीया भीमकुमारी थापा र ४७ वर्षीया लालसुवा थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण